सरकारी गाडीको दुरुपयोग — आफन्तको विवाहमा एसपीले लगे हतियार र गाडी

 

फागुन, ११ काठमाडौ —सशस्त्र प्रहरीका एसपीले आफन्तको विवाहमा स्कर्टिङसहित गाडी प्रयोग गरेका छन् । एसपी प्रदीप पालले हतियारसहित सशस्त्र प्रहरी जवान पछाडि राखेर आफन्तको विवाहमा गाडी प्रयोग गरेका हुन् । ना १ झ १४९७ नम्बरको साइरनसहित सशस्त्र प्रहरीको स्कोरपियो पिकअप धनगडीको चौराहदेखि ओम प्यालेससम्म पुगेको थियो ।

पिकअप गाडीको पछाडि दुई जना जवान हतियारसहित एसपीका बालबच्चा र आफन्त जन्ती जाने गरी सजिएका देखेपछि पत्रकारले गाडीको पिछा गरेका थिए । साभार अन्नपुर्ण पोष्ट