सरकारी चिकित्सकद्धारा आकस्मिक बाहेकका सेवा ठप्प

फागुन, १० काठमाडौ – सरकारी चिकित्सकहरूले शुक्रबार देशभरका सबै अस्पतालहरूको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका छन् ।
स्थानीय तह मातहत राख्ने गरी आएको निजामती कर्मचारी ऐन सच्याउन सरकारलाई दबाब दिँदै आएका सरकारी चिकित्सकहरूले शुक्रबार देशभरका सबै अस्पतालहरूको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन् ।
उनीहरूले शुक्रबार बिहान करिब १० बजेतिर वीर अस्पतालको टिकट काउन्टरमै तालाबन्दी गरेर आफ्नो सेवा बहिष्कार गरेका थिए।