वीर अस्पतालको निर्माणाधीन भवनको ‘लिफ्ट’ चुडिँदा २ को मृत्यु, १ गम्भीर घाइते

 

फागुन १०, काठमाडौ – वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट (होइस्ट) चुडिँदा २ जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन् । बिहिबार राति ७.४५ बजे लिफ्ट चुडिएर सप्तरीका २० बर्षिय भुमिकुमार चौधरी र २५ बर्षिय नवीनकुमार चौधरीको मुत्यु भएको छ । सचितानन्द चौधरी गम्भीर घाइते भएको महानगरीय प्रहरी कार्यलयका प्रवक्ता पूजा सिंहले इमेल खवर डटकमलाई बताइन् । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको सिंहले जानकारी दिएकी छन्