नेकपाको कार्यदल भंग, कार्यदलका सदस्य भुसाल भन्छन ‘अब यसले पार्टी भित्र मतभेद जन्माउला’

फागुन १०, काठमाडौ –नेकपा पार्टी एकता टुङोमा पुर्याउने अपेक्षा गरिएको कार्यदल कामै पुरा नगरी भंग भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले कार्यदलको म्याद थप नगरे पछि कार्यदल भंग भएको हो ।
नेकपा कार्यदलका एक जना सदस्य वेदुराम भुसालले शिर्ष नेतृत्व तहले कार्यदलबाट पार्टी एकता प्रक्रिया टुङ्ग्याउन रुचि नदेखाएकाले कार्यदल भंग भएको जानकारी दिए । भुसालले थपे ‘यसले पार्टी भित्र विवाद बढाउने प्रष्ट देखिन्छ ।’
अव पार्टी एकता प्रक्रिया कसरी अगाडि बढ्ला भन्ने प्रश्नमा भुसाल भन्छन ‘यो बिषयमा आवश्यक छलफल गरेर अगाडि बढ्नेछौ । ’