यौन दुब्र्यवहारको आरोप लागेपछि त्रिविका सहायक डीन साह निलम्बित

फागुन, ८ काठमाडौ — यौन दुब्र्यवहारको आरोप लागेपछि त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डीन बौवालाल साहलाई त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले निलम्बन गरेको छ ।

उनलाई परिषदको बुधबार बसेको आकस्मिक बैठकले निलम्बन गरेको हो ।  साहले ट्रान्सकिप्ट बनाउन आएकी एक युवतीलाई जबर्ज्स्ति यौन दुराचार गर्न खोजेको भन्दै नेकपानिकट अखिल (क्रान्तिकारी) र अनेरास्ववियूका विद्याथीहरुले कालो मोसो दलेका थिए ।

साहले विश्वविद्यालयको मान, प्रतिष्ठा र गरिमा घटाउने अत्यन्त अनुशासनहीन तथा निन्दनीय कार्य गरेहो हुँदा निजलाई विश्वविद्यालयको कुनैपनि कामकाज गर्न नपाउने गरी सहायक डीन पदबाट निलम्बन गरेको त्रिविका पदाधिकारीको भनाई छ ।