‘मुलुकको शान्ति सुरक्षा कायम गर्न सरकार सफल भएको छ’ —गृहमन्त्री थापा

फागुन, ८ काठमाडौ —गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मुलुकको शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको बताएका छन् ।
राष्ट्रियसभाको बैठकमा जानकारी दिदै उनले शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको बताएका हुन् । उनले सुन तस्करीको सञ्जाललाई सरकारले ध्वस्त पार्न सफल भएको समेत बताएका छन् ।
उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नहको खोजी भइरहको तथा अपराधी पत्ता लगाउन उदासिनता देखाउने प्रहरीमाथि पनि कारवाही भएको जानकारी गराए ।