सिमरामा नेपाली कांग्रेसका सभापति देउवालाई एक सय ५१ किलोको माला

फागुन ८, काठमाडौं ( पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एक सय ५१ किलोको माला लगाईदिएर स्वागत गरिएको छ ।

बुधबार सिमरामा देउवालाई जितपुरसिमरा उपमहानगरपालिकाका कांग्रेस नगर सभापति श्यामबाबु गुप्ताले १ सय ५१ किलोको माला लगाइदिएर स्वागत गरेको हो ।

देउवा वीरगञ्जमा खुलेको होटल दियालोको उद्घाटन गर्न गएका हुन् । होटल कांग्रेसका नेता एवं पूर्वसांसद अनिल रुंगटाको लगानीमा खुलेको हो ।