मेलम्ची आयोजना अलपत्र पार्ने सिएमसी कम्पनीसँग तनहुँ हाइड्रोपावरले पनि ठेक्का सम्झौता रज्द गर्याे

फागुन७, काठमाडौं -मेलेम्ची खानेपानी आयोजना विचमै छाडेको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग तनहुँ हाइड्रोपावर लिमिटेडले ठेक्का सम्झौता रज्द गरेको छ । मेलम्चीबाट काम छाडेर भागको सीएमसीलाई तनहुँ हाइड्रोपावर लिमिटेडले पनि मंगलबार टर्मिनेसन लेटर दिएको हो ।

कम्पनीले सिएमसीलाई साइटमा काम गर्न २८ दिनको समय दिएको भएपनि तोकिएको समयमा काममा नफर्किका कारण ठेक्का रद्द गरिएको तनहुँ हाइड्रो पावर लिमिटेडले जनाएको छ ।

त्यसैगरी सीएमसीले ठेक्का सम्झौता गर्दाे लिएको १ अर्ब ९७ करोड धरौटी जफत गर्न पनि दावी गर्ने तयारी गरिएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रवन्ध सञ्चालक प्रदिपकुमार थिकेले बताए ।

१४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको लागि सिएमसीसँग २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित)मा खरिद सम्झौता भएको थियो ।

यो आयोजनाको सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य राखिएको थियो । तर, सीएमसीका कारण आयोजना निर्धारित समयमै सकाउन गाह्रो पर्ने देखिएको छ ।