भारतीय गायक सोनु निगम नर्भिक अस्पतालमा भर्ना

फागुन७, काठमाडौं – सुटीङका क्रममा नेपाल आएका भारतीय गायक सोनु निगमलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनको ढाडमा समस्या देखिएपछि मंगलबार दिउँसो साढे एक बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उनलाई भर्ना गरिएको हो । 

गायक सोनु निगमको रक्तजाँच तथा एक्स रे गरिएको र एमआरआई पनि गरिने अस्पतालले जनाएको छ ।  अस्पतालका अनुसार उनलाई अहिले नर्भिक अस्पतालको भीआईपी स्वीट ५०१ मा राखिएको छ ।

उनको उपचारमा डा. पंकज जलान, डा. प्रवीण नेपाल लगायतको टिमले उपचार गरिरहेको छ ।