२२ सूत्रीय माग राख्दै सरकारविरुद्ध राप्रपाको आन्दोलन

काठमाडौं – आज फागुन ७ गते प्रजातन्त्रको अवसर पारेर विभिन्न २२ सूत्रीय माग राख्दै सरकारविरुद्ध राष्टिय प्रजातन्त्र पार्टीले आन्दोलन गरेको छ । राजधानीको माइतीघर मण्डलबाट आन्दोलन सुरु गरेको हो ।
राप्रपाले हिन्दू राष्ट्र पुनस्र्थापना गर, भ्रष्टाचारीलाई कारबाही गर, धर्म्निरपेक्षता कायम गरजस्ता नारा लगाएर राप्रपाका कार्यकर्ता सडकमा उत्रिएका छन्।
उसले धर्म परिवर्तन रोक्न, भ्रष्टाचार नियन्त्रण, बूढीगण्डकी नेपाललाई बनाउन दिनुपर्ने, महँगी नियन्त्रणलगायत माग पनि राखेको छ।