लिपस्टिक लगाउँदा ध्यान दिनुपर्ने कुराहरु

काठमाडौ —ओंठको सौन्दर्यका लागि लिपस्टिक प्रयोग गरिन्छ । तर लिपस्टिक लगाउदा बिभिन्न कुरामा ध्यान दिनुपर्दछ ।

सुर्यको हानिकारक किरणबाट बचाउने लिपस्टिक लगाउनुपर्दछ ।

लिपस्टिकले महिलाको मेकअपलाई सुन्दर देखाउने हुनाले रंगको छनोट गर्नुपर्दछ । छालाको रंगअनुशार लिपस्टिक लगाउनु पर्दछ ।

लिपस्टिक लगाउनु ओंठमा लिप बामलाई हल्कासँग लगाउने र त्यसको दश मिनेटपछि लिपस्टिक लगाउने ।

ओंठमा प्राइमरको प्रयोग गर्नु उचित हुन्छ । प्राइमरले लिपस्टिकलाई लामो समयसम्म टिकाउँछ, साथै फैलनबाट पनि बचाउँछ ।

लिपस्टिक लगाउँदा लिप ब्रसको प्रयोग उत्तम हुन्छ । यसले ओंठ सुन्दर देखाउँछ ।