सत्तापक्ष र प्रतिपक्षलाई दूरी घटाउन राष्ट्रपतिको आग्रह

फागुन,  ६, काठमाडौं   – राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साझ राष्ट्रपति भण्डारीले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति विजयकुमार गच्छदारलाई राष्ट्रपति निवास शीतल निवासमा बोलाएर छलफल गरेकी हुन्।
भण्डारीले पछिल्लो समय सत्ता पक्ष र प्रतिपक्षबीच बढेको दूरीले जनतालाई निराश बनाएको भन्दै सहकार्य गरेर अघि बढ्न सुझाव दिएकी छन् ।
छलफलमा राष्ट्रपति भण्डारीले दुई तिहाईको बहुमत भएको सरकार हुँदा पनि विकास निर्माण र समृद्धिको गतिविधिले गति नलिँदा प्राप्त उपलब्धिमा नै प्रश्न उठ्ने खतरा भएको तर्फ पनि नेताहरूलाई सचेत गराइन् ।