दुर्घटनामा घाइते सिडिओ भट्टराईको मृत्यु

फागुन, ६ काठमाडौ – बारामा जीप दुर्घटनामा परेर गम्भीर घाइते प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

गत माघ १२ गते साँझ भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको चढेको गाडी बाराको पथलैयामा ट्याक्टरको ट्रलीसँग ठोक्किएको थियो। एसपी पोखरेलको घटनास्थलमै निधन भएको थियो।

कलैयाबाट निजगढ जाने क्रममा ना १ झ १६३३ नम्बरको स्कारर्पियो गाडी दुर्घटना हुँदा बाराका प्रजिअ भट्टराई गम्भीर घाइते भएका थिए।घटनालगत्तै स्थानीय अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।