‘दुई तिहाइको बलियो सरकार एउटा गीतले डरायो ’ — कांग्रेस

फागुन, ५ काठमाडौ — लोकदोहोरी गायक पशुपति शर्माको गीत ’लुट्न सके लुट कान्छा’ कान्छा यतिबेला भाईरल बनेको छ । चौतर्फि आलोचना पछि शर्माले यूट्यूब च्यानलबाट हटाएपछि कांग्रेसले सरकारको आलोचना गरेको छ।

आइतबार कांग्रेस मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुई तिहाईको सरकार एउटा गीतले कापेको बताएका छन् । उनले भने ‘कति बलियो होला दुई तिहाईको सरकार एउटा गीतले पनि थरर्र काप्ने?’

कांग्रेस नेता एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले शर्माले गीत बाहिर ल्याउँदा सरकारले बन्द गराएको भन्दै आपत्ति जनाए । उनले भने,‘हामीलाई त अहिले पञ्चायतकालिन शासनजस्तो झझल्को लागेको छ। सरकारले नागरिक अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ।’