बलात्कारको आरोपमा मुगुमा प्रहरी नायब निरीक्षक (सई) पक्राउ

फागुन ५, मुगु– दलित महिलालाई बलात्कार गरेको आरोपमा मुगुमा प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् ।

सापटी लिएको रकम लिन बोलाएर ३० वर्षीया दलित महिलालाई बलात्कार गरेको आरोपमा मुगुको चैनस्थित अस्थायी प्रहरी चौकीका सई सूर्यबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

छायानाथ रारा नगरपालिका वडा नम्बर ५ घर भई हाल सदरमुकाम गमगढीमा बस्दै आएकी महिलालाई सापटी लिएको पैसा लिन बोलाएर शुक्रबार साँझ साढे ६ बजेतिर सई शाहीले बलात्कार गरेको मुगु जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।