पानीको गहिराइ नाप्ने यन्त्र नेपालमा पनि आईपुग्यो

फागुन ५, काठमाडौं– नेपालमा पानीको गहिराइ नाप्ने नयाँ प्रविधि आईपुगेको छ । यसको भेरी(बबई बहुउद्देश्यीय आयोजनामा पहिलोपटक यसको सफल प्रयोग गरिएको छ ।

आयोजनाको बाँधस्थलको पानीको गहिराइ नाप्न उच्चस्तरीय प्रविधि ‘इकोसाउन्डर’ मेसिन प्रयोग गरिएको आयोजना प्रमुख सन्जिब बरालले जानकारी दिए ।

नेपालमा भने पहिलो पटक परामर्शदातृ संस्था इनोभेटिभ इन्जिनियरिङ सेर्भिसेज प्रा.लि.ले यो प्रविधिी भित्राएको हो । यो मेसिनलाई डुंगा र्वा याफ्टिङ बोटमा जडान गरी सजिलैसँग नदी तथा तालहरुको गहिराइ नाप्न सकिने छ ।

‘विदेशमा समुद्रहरुमा पानीजहाजको मोनिटरिङ गर्न यस्ता प्रविधिको जडान गरिन्छ । नेपालमा भने यो पहिलोपटक प्रयोग गरिदैछ ।

यसअघि इनोभेटिभ इन्जिनियरिङ सेर्भिसेजले नदी वा खोलाको किनारामा बसेर अर्को छेउसम्मको पानी नाप्नसकिने अन्तर्राष्ट्रियस्तरको ‘केबल वे’ प्रविधि निर्माण गरेको थियो ।
यो प्रविधिलाई ३३५ मेगावाटको माथिल्लो अरुण र ३० मेगावाटको इखुवा खोला हाइड्रोपावर प्रोजेक्टमा प्रयोग गरिएको छ ।