औषधि व्यवस्था विभाग (डीडीए)का महानिर्देशक ढकालसँग स्पष्टीकरण

फागुन ५, काठमाडौं –औषधि व्यवस्था विभाग (डीडीए)का महानिर्देशक नारायणप्रसाद ढकाललाई स्पष्टीकरण मागिएको छ । महानिर्देशक ढकालले नियम मिचेर राष्ट्रिय औषधि प्रयोगशालामा निमित्त प्रमुख नियुक्त गरेको भन्दै स्वास्थ्य मन्त्रालयले उनलाई स्पष्टीकरण मागेको हो ।

महानिर्देशक ढकालले सिनियर डिभिजनल केमिष्ट शैलेस कुमार झालाई राष्ट्रिय औषधि प्रयोगशाला बबरमहलमा गत पुस ३० गते निमित्त प्रमुख नियुक्त गरेका थिए ।

निमित्त प्रमुख झालाई प्रयोगशालाको आर्थिक र प्रशासनिक अधिकारसमेत दिइएभएपनि निमित्तको जिम्मेवारीमा भएकालाई सामान्यतया आर्थिक अधिकार दिइँदैन ।

विभागका महानिर्देशक ढकाल आफैं ११ औं तहका कर्मचारी रहेका हुन् । तर उनले ११ औं तहकै निमित्त प्रमुखमा झालाई नियुक्त गरेका छन् । बराबर हसियको कर्मचारीले उसतै तहमा नियुक्त गर्न नमिल्ने व्यवस्था छ ।