भेनेजुयलाको मानवीय संकटको सहयोगका लागि भन्दै अमेरिकी सेनाको विमान कोलम्बियामा

फागुन ५, काठमाडौं – भेनेजुयलाको मानवीय सहायता भन्दै अमेरिकी सेनाको विमान कोलम्बिया नजिक कुकुतामा पुगेको छ ।
भेनेजुएलामा देखापरेको मानवीय संकटको सहयोगका लागि भन्दै अमेरिकी सेनाको विमान कुकुता कोलम्बियाको सीमा सहर कुकुतामा अवतरण गरेको हो ।

बीबीसीका अनुसार भेनेजुएलाका विपक्षी नेता जन गुइदोले मानवीय सहयोगका लागि अमेरिकाले सहायताका लागि आग्रह गरेका थिए ।

यूएसएडका प्रशासक मार्क ग्रिनले कुकुतामा पत्रकार सम्मेलनमा ‘बालबालिकाहरु भोकभोकै रहने र सबैजसो अस्पताल गम्भीर प्रकृतिका औषधिको अभावमा फस्ने खतरा बढेपछि सहयोग गरेको बताएका छन् ।

भेनेजुएलाका ३० लाख जनता खाना र औषधिको अभावका कारण छिमेकी देश पुगेको ग्रिनको दाबी छ ।

विपक्षी नेता गुइदोले फ्रेबरी २३ सम्ममा भेनेजुएलाका स्वयंसेवकहरुले ती मानवीय सहायता सामग्री सीमा पार गराउने जानकारी गराएका छन् ।

तर, भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले भने विदेशी सहायता अस्वीकार गरेकाले सजिलै सीमा पार गर्न नसकिने अनुमान गरिएको छ । मदुरोले अमेरिकी सहयोगको आलोचना गर्दै यसलाई अमेरिकी हस्तक्षेप भएको टिप्पणी गरेका छन् ।