रियल भलाडोलिडमाथी बार्सिलोनाका कप्तान मेस्सीको कडा जीत

फागुन ५, काठमाडौं – बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा रियल भलाडोलिडलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा रियल भलाडोलिडलाई हराउदै कठिन जित हात पारेको हो ।

बार्सिलोनाको तर्फबाट कप्तान लियोनल मेस्सीले रियल भलाडोलिडलाई १(० गोलले हराएको हो । खेलको ४३औं मिनेटमा पेनाल्टीबाट मेस्सीले गोल गर्दै बार्सिलोनालाई जीताएका थिए । खेलको ८५औं मिनेटमा बार्सिलोनाले पुन पेनाल्टी पाएपनि गोल गर्न सकेन ।

स्पेनिस ला लिगा फुटबलमा नै शनिबार राति भएको अर्काे खेलमा एट्लेटिको मड्रिडले रायो भालेकानोलाई १(० गोलअन्तरले हरायो ।
लेभान्टेले सेल्टा भिगोलाई ४(१ ले र रियल सोसाइडेडले लेगानेसलाई ३(० गोलअन्तरले हराएको हो ।

बार्सिलोना २४ खेलबाट ५४ अंक बनाई लिगको शीर्ष स्थानमा रहेको छ । त्यस्तै, दोस्रो स्थानमा एट्लेटिको मड्रिडले २४ खेलबाट ४७ अंक बनाएको छ ।