‘एक वर्षको अवधिमा उल्लेखनीय काम भएको छ । ’मुख्यमन्त्री पोख्रेल

फागुन, ४ काठमाडौ — प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले एक वर्षको अवधिमा उल्लेखनीय काम गरेको बताए ।  प्रेस संगठनले आज दाङको घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले एक वर्षको अवधिमा उल्लेखनीय काम भएको बताए ।

प्रदेश सरकार कता छ भनेर खोज्दा सजिलै भेटिने अवस्था सिर्जना गरेको उहाँले दाबी गरेका छन् । काठमाडौं केन्द्रित शासन व्यवस्थाको अभ्यास गर्दै आएका नेताहरुलाई संघीयताको विकेन्द्रीत अभ्यास गर्न कठिन हुनुपर्नेमा त्यसो हुन नदिएको मुख्यमन्त्री पोख्रेलले जनाए । कतिपयमा वडा तहसम्म एकता सम्पन्न भईसकेको जानकारी दिएका छन् ।