काठमाडौं महानगरभित्र रात्रीकालिन वस सेवा सुरु गर्ने तयारी

फागुन४, काठमाडौं– काठमाडौं महानगरपालिकाभित्र रात्रि बस सेवा सुरु तयारी भएको छ । महानगरले साझा यातायातसँग संवाद गरी काठमाडौंभित्र छिट्टै रात्रिकालीन बस सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।

साझा यातायातले अहिले पनि वीर अस्पताल, शिक्षण अस्पताल क्षेत्रमा राति ढिलासम्म बस सेवा सञ्चालन गरिरहेको छ । यसलाई विस्तार गरी नगरभित्रका सबै क्षेत्रमा राति पनि बस सेवा सञ्चालन गर्न पहल गर्ने महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

साझाले ‘रातिको समयमा यात्रु कम हुने भएकाले खर्च धान्न नसक्ने भएको र बस सञ्चालनमा सुरक्षाको प्रत्याभूति खोजेको मेयर शाक्यको भनाई छ । विगतमा पनि काठमाडौं महानगरपालिकाले रात्रिकालीन बस सञ्चालन गरेको भएपनि केही समयपछि बन्द गरिएको थियो ।