रोजगारीका क्षेत्रमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

 

फागुन, ४ काठमाडौ प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूलाई उत्पादनमुलक र रोजगारीका क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँग शनिबार बालुवाटरमा भएको भेटमा ओलीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्न र ब्याजदरमा लचिलो हुन आग्रह गरेका हुन्।

प्रधानमन्त्री ओलीले बैंकहरूलाई मूख्य गरी उत्पादनमुलक,रोजगारीका अवसर सृजना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरूमा लगानी गर्न सुझाव दिएका छन्। ‘लगानी गरेपछि त्यसबाट अर्थतन्त्रमा केही न केही टेवा पुग्ने क्षेत्रमा लगानी बढाउनुहोस् र त्यस्त क्षेत्रमा गरेको लगानीको ब्याजमा पनि लचिलो हुनुहोस ’ ओलीले भनेका छन् ।