नारायणगढ मुग्लिन सडकखण्डमा चार पुलको ५० प्रतिशत कार्य सम्पन्न, भासिएको खण्डमा भौगोर्भिक अध्ययन सुरु

फागुन४, भरतपुर–नारायणगढ मुग्लिन सडकखण्डमा निर्माणाधीन चार पुलको ५० प्रतिशत काम सम्पन्न भएको छ । अहिले जलवीरे, मौरी, खानीखोला र दासढुङ्गा पुलको निर्माण कार्य भइरहेको छ ।

८० मिटर लामो जलवीरे पुल निर्माणको ठेक्का रौताहा कन्स्ट्रक्सन र अन्य मौरीपुल ३०, दासढुङ्गा पुल २० मिटर लम्बाइ र खानीपुल ३० मिटर लम्बाई गरी रु १३ करोड को लागतमा तीन पुल निर्माणको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको छ ।

“लामा कन्स्ट्रक्सनले जिम्मा पाएको चार पुल निर्माणको काम वैशाखभित्रै सम्पन्न हुन्छ । १४ करोडमा निर्माण भईरहेको जलविरे पुलको डिजाइन परिवर्तन, अप्ठ्यारो ठाउँ र फरक प्रकृतिको पुल भएका कारण पनि ढिलाइ भइरहेको छ

जम्मा १८ वटा पुलमध्ये चार वटाको मात्र निर्माण कार्य भईरहेको र बाँकी १४ वटा पुल निर्माणको काम छिट्टै शुरु हुने बताइएको छ ।

यसै विच नारायणगढ मुग्लिन सडकखण्डको विभिन्न क्षेत्रमा सडक भासिएका कारण भौर्ग्र्भिक अध्ययन शुरु गरिएको छ ।

भासिएको र जोखिमपूर्ण गरी सात ठाउँमा भौगर्भिक अध्ययन गरिरहेको नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ ।
सडक भासिएको खण्डको २६ किलोमिटरमा र १७ किलोमिटर क्षेत्रमा सर्वे भइरहेको, सडक आयोजना कार्यालयका इञ्जिनीयर खनालले जानकारी दिए ।