मुलुकको समृद्धिका लागि सबै एक जुट हुनुको विकल्प छैन : नेकपाका अध्यक्ष प्रचण्ड

फागुन४, काठमाडौं – मुलुकको समृद्धिका लागि सबै एक जुट हुनुको विकल्प नभएको भनाई सार्वजनिक भएको छ ।

शनिबार भक्तपुरको हनुमन्ते सरसफाइ अभियानको ५१ हप्ता पुगेको अवसरमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले समृद्धिका लागि सबै एक हुनुको विकल्प नरहेको बताएका छन् ।

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले अहिले देशमा भएका ठूला परिवर्तन र उपलव्धि सबैको प्रयासले सम्भव भएकोले अबको समृद्धिको विकासका लागि सबै राजनीतिक दलहरु एक जुट भएर नयाँ ऊर्जा र उत्साहका साथ जनताको विचमा जानु पर्ने बताए ।

एकजुट हुन सके जस्तो सुकै चुनौती पनि समाना गर्न सकिने भएकाले हिजो हिजो शान्ति प्रक्रियामा पनि एकता प्रदर्शन गरेकै कारणले संविधान निर्माण भएको हो, अध्यक्ष प्रचण्डले उनले भने, ‘अब विकास र समृद्धिमा पनि एकता प्रदर्शन गरौं।’