१७९ नेपाली भारतमा अलपत्र, मन्त्रालयले थाल्यो उद्धारको तयारी

फागुन, ४ काठमाडौ —रोजगारीका लागि विभिन्न देशमा जाने क्रममा भारतमा १७९ जना नेपाली अलपत्र भएका छन् परेका छन् अलपत्र पर्नेमा अधिकांश महिला छन् ।

नेपाल पक्षले उनीहरूको उद्धारको प्रयास गरे पनि अझै सफल हुन सकेको छैन । परराष्ट्र मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रहरीबाट भारतमा फसेका नेपालीलाई स्वदेश ल्याउने प्रयास भइरहेको छ ।

विभिन्न सेल्टरमा १७९ जना रहेको भन्ने सूचनाको आधारमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको समन्वयमा नेपालमा ल्याउन पहल भइरहेकाले नेपालमा ल्याइसकेपछि पूर्वी नाका काँकडभिट्टादेखि काठमाडौंसम्म उद्धार गरी ल्याउनका साथै पीडित तथा प्रभावितहरूको उचित व्यवस्थापनका लागि उपसमिति गठन गरी उद्धार तथा पुनस्र्थापना कार्य प्रभावकारी रूपमा गर्ने,’ सरकारको निर्णयमा उल्लेख छ ।