फागुन ३गते तपाईको आज (राशिफल)

 

 

जोतिषचार्य शिवराज रेग्मी

मेष राशिको लागि शुभकार्यले चर्चा पाउँनेछ । पराक्रममावृद्धि हुनेछ । वैदेशिक यात्राको अवसर मिल्नेछ ।

वृष राशिको लागि रोजगारीको क्षेत्रमा समस्या थपिन सक्छ । यात्रामा बाधा आउँनेछ । अरुको लागि महत्वपूर्ण समय खर्च हुनेछ ।

मिथुन राशिको लागि प्रेम सम्बन्धको समस्या हट्दा मन प्रशन्न रहनेछ । कला साहित्यको क्षेत्रमा विशेष सफलता मिल्नेछ । व्यापारको थालनी हुनेछ ।

कर्कट राशिका लागि वैराग्य र नैराश्यता बढ्नेछ । प्रेममा धोका हुनसक्छ । काममा मन नजाने छ गरेको काममा सफलता मिल्नलाई गाह्रो देखिन्छ ।

सिंह राशिका लागि परिवारसँग भेटघाटको अवसर मिल्नेछ । धार्मीक काममा रुचीबढ्नेछ । गरेको कार्यले प्रशंशापाउँनेछ ।

कन्या राशिका लागि स्वास्थ्य समस्या समाधान हुनेछ । नयाँ कामका लागि प्रस्ताव आउँनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

तुला राशिका लागि व्यापार बिस्तारको लागि समस्या थपिनेछ । परिवारबाट टाढा भैनेछ । अध्ययनमा मन नजाने देखिन्छ ।

वृश्चिक राशिका लागि आखाँमा समस्या आउँनेछ । रुखो वचनले गर्दा सम्बन्धहरुमा समस्या आउँनेछ । मन चिन्तित रहनेछ ।

धनु राशिका लागि बिपरित लिङ्गीको सहयोगबाट काममा सफलता मिल्नेछ । प्रेम सम्बन्धमा सुमधुरता आउँनेछ । नयाँ व्यापारको थालनी हुनेछ ।

मकर राशिका लागि वौद्धिक क्षमताको कारणले गर्दा प्रतिस्पर्धामा सफलता मिल्नेछ । विशिष्ठ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ । राजनितिक काममा सफल भैनेछ ।

कुम्भ राशिका लागि मनोरञ्जनमा मात्र समय बित्नेछ । अशुभ समाचारले गर्दा मन चिन्तित रहनेछ । स्वास्थ्यमा समस्याआउँला ।

मीन राशिका लागि आफ्नो अधिकार गुम्ने खतरा देखिन्छ सजक रहनु होला । प्रेम प्रस्ताव अस्विकार हुनेछ । नजिकको मान्छेसँगअनावश्यकवादविवादमाफसिनेछ ।

यस दिनमा बिहान १०.३० देखि १२ बजेसम्म राहुकाल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।