मेलम्चीको काम सम्पन्न गर्न इटालियन कम्पनीलाई नै प्राथमिकता —खानेपानी मन्त्री

फागुन, २ काठमाडौं– खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम इटालियन ठेकेदार कम्पनी ‘सिएमसी’ लाई नै प्राथमिकता दिएको बताएकी छन् ।

मन्त्री मगरले काम छोडेर हिँडेको सो कम्पनीबाटै बाँकी काम गराउँदा सरकारलाई फाईदा हुने प्रष्टयाएकी हुन् । बिहीबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उनले सो कम्पनीले तीर्न बाँकी नेपाली निर्माण व्यवसायीहरुको भुक्तानी असुली गर्न कठिनाई रहेको पनि बताइन् ।

मन्त्री मगरले सो कम्पनीले नेपाली निर्माण व्यवसायीहरुलाई ठगी गरेको अरर्बौ रकम असुली गर्ने कानुनी बाटो देखाई दिन पनि समितिलाई आग्रह गरिन् ।