पुलिस फोर्स चढेको गाडी आतंकवादी समूहको विष्फोटमा परी कास्मिरमा ४० सुरक्षाकर्मीको मृत्यू, प्रधानमन्त्री ओलीद्धारा दुःख व्यक्त

फागुन३, काठमाडौं – भारतको कास्मिरमा भारतीय सेन्ट्रल रिजर्भ पुलिस फोर्स चढेको गाडी आतंकवादी समूहको विष्फोटमा परी ४० सुरक्षाकर्मीको ज्यान गएको छ ।

बिहीबार दिउँसो कास्मिरको पुलवालामा जैस–ए–मोहम्मद नामक आतंकवादी समूहले विस्फोटक पदार्थले भरिएको गाडी भारतीय सेन्ट्रल रिजर्भ पुलिस फोर्स चढेको गाडीमा लगेर ठोक्काएपछि विष्फोट भई दुर्घटना भएको थियो ।

४० भन्दा बढी सुरक्षाकर्मी सवार भएको भारतीय सेन्ट्रल रिजर्भ पुलिस फोर्स चढेको गाडी जम्मुकास्मिरबाट श्रीनगरतर्फ गइरहेको थियो ।
भारतीय सञ्चार माध्यमहरुले विस्फोटमा परी हालसम्म ४० सुरक्षाकर्मीको ज्यान गएको बताएको छ ।

यसैवीच प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतको जम्मु–कास्मिरमा भएको आतंकवादी हमलाको घोर भत्र्सना गर्दै दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोनमार्फत सम्पर्क गरी घटनाप्रति दुःख एवं मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन सम्पर्क गरेर कास्मिर घटनाको भत्र्सना एवं दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गरेको जनाएका छन् ।