संविधान कार्यान्वयनमा सरकार गम्भीरताका साथ लागेको छ —प्रधानमन्त्री

फागुन, २ काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनमा सरकार गम्भीरताका साथ लागेको दावी गरेका छन्.।
बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो एक वर्षे कार्यकालमा भए गरेका कामहरु सार्वजनिक गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

औद्योगिक क्षेत्रको विस्तार, उद्योग दर्ता एकल सेवा केन्द्रको तयारी त्रिवि विमानस्थल २४ घण्टा सञ्चालन भएको तथा अन्तर्रा्ष्ट्रिय लगानीकर्तालाई लगानीका लागि आह्वान गरेको बताए।  जयनगर जनकपुर रेल सेवा सञ्चालनको काम भएकाले विकासले तीव्रता पाएको उनको थियो ।