प्रहरीको ‘सर्टगन’ पड्कँदा युवती घाइते

फागुन, २ काठमाडौ — संघीय गृहमन्त्रीको सुरक्षार्थ ड्यूटीमा खटिएका प्रहरीले बोकेको ‘सर्टगन’ पट्कँदा छर्रा लागेर एक युवती घाइते भएकी छन् ।
गृहमन्त्री रामबहादुर थापा झापा भ्रमणको क्रममा झापाको लक्ष्मिपुरमा गस्तीमा रहेको प्रहरीले बोकेको सर्टगन अचानक खसेर पट्कँदा स्थानीय सुनिरा मैनाली घाइते भएकी हुन् ।
सर्टगन पट्कँदा लक्ष्मीपुर चोकमा लगभग ३ सय मिटर टाढा रहेकी मैनालीलाई खुट्टामा गोलीको छर्रा लागेको छ ।