‘रेलभन्दा पहिले नेपालमा पानी जहाज आउछ’ —प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देश अब पानीजहाज युगमा प्रवेश गरेको बताएका छन् ।
ललितपुरको एकान्तकुनामा बिहीबार नेपाल पानीजहाज कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले रेलभन्दा पहिले नेपालमा पानी जहाज आउने बताए ।
नदीको आकार अनुशार पानीजहाज ल्याइने उनले बताए । नेपालमा पानीजहाज ल्याउन भारतले गण्डक क्षेत्रमा विस्तृत अध्ययन प्रतिवेदन डिपिआर थालिसकेको उनले बताए ।
रेल र पानीजहाजका इञ्जिनियर उत्पादन गर्न सरकारले विद्यार्थीलाई विदेश पढ्न पठाउने पनि उनले जानकारी दिए ।