सामाजिक सञ्जाल अब नेपालमै दर्ता हुनुपर्ने विधेयक दर्ता

फागुन, २ काठमाडौ — फेसबुक, ट्वीटर, भाइबरजस्ता सामाजिक सञ्जालले नेपालमा सञ्चालनका लागि दर्ता गर्नुपर्ने व्यवस्थासहितको विधेयक सरकारले संसदमा दर्ता गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरेको विधेयकमा सञ्चालनमा रहेका सामाजिक सञ्जालले समेत कानुन तयार भएपछि दर्ता गराउनुपर्ने व्यवस्था गरेको छ ।

सरकारले नयाँ सामाजिक सञ्जाल सञ्चालनको लागि समेत दर्ताको गर्नैपर्ने व्यवस्था गरेको छ। विधेयक संघीय संसदमा दुवै सदनबाट पारित भएपछि कानुनका रूपमा लागू हुनेछ ।

संसदमा दर्ता भएको विधेयकमा सरकारले सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका कानुनविपरीतका विषय हटाउन निर्देशन दिन सक्ने व्यवस्था समेत गरेको छ ।