१४ फ्रेवरी भ्यालेन्टाइन्स ‘डे’ अर्थात प्रणय दिवस (प्रेम दिवस), यसको प्रभाव र महत्व

फागुन २, काठमाडौं — कहिले चकलेट त कहिले हग डे त कहिले रोज डे गर्दागर्दै आज भ्यालेन्टाइन डे । यो हप्ता विशेष यीनै डे ले प्राथमिकता पायो । १४ फ्रेवरी भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस । प्रेम सुत्रमा बाँधिएको विशेष दिन । पश्चिमा मुलुकमा अझ वढि यस्को महत्व झल्किन्छ । तर पछिल्लो समयमा पश्चिममा मुलुकमा मात्रै हैन विश्वभरी यसको प्रभाव बढेको छ ।

आजका दिनमा सामाजिक मिडियाका भित्ता र पानाभरी प्रेमदिवस अर्थात भ्यालेन्टाइन डे ले । विशेष ठाउ पाउँछ । रोज वा गुलाब तथा फूलका गुच्छाहरुले बजार पाउँछन् । प्रेम दिवसको माहोल आजको दिन यसैगरी रमाईलो र विशेष तरीकाले मनाईन्छ । विशेषगरी प्रमिल जोडी अर्थात युगल जोडीहरुलाई यस्को महत्व वढि हुन्छ ।

भ्यालेन्टाइन्स डे ! पछिल्लो समय नेपालमा पश्चात्य संस्कृतिको बढी प्रभाव हो । समाजमा यसका बारेमा भिन्ना भिन्नै टिप्पणी हुने गर्छन् । मुख्यतः दुईवटा धार देखिन्छन् । एकथरीले यो अभ्यासले नेपालको मौलिकतामाथि हस्तक्षेप गरिरहेको छ, भन्छन् । अर्का थरी समाजलाई खासै नकारात्मक प्रभाव नपर्ने तर्क गर्छन् । सबैको आफ्नै प्रकारको विष्लेषण हुने गर्छ ।

यो बदलिँदो नेपाली समाजको स्वरुप र चरित्र हो । समाजशास्त्रीहरुको भनाईलाइ सापटी लिने हो भने हाम्रो मुलुकमा भ्यालेन्टाइन्स मात्र नभएर लोकतन्त्रलाई पनि पश्चिमा मुलुकहरुबाटै भित्राइएको हो । अंग्रेजी नयाँ वर्ष, क्रिसमस, डे अप्रिल फूल लगायतका केही सन्दर्भहरु नमान्दा असामाजिक भईन्छ की भन्ने धारणाको विकास भएको छ ।

हाम्रो मुलुकलाई, पश्चिमा सभ्यता मुल्य मान्यताले विस्तारै डोमिनेट गर्ने चलन पनि बसेको छ । चाहेर वा नचाहेर तत्कालै प्रतिस्थाथपन वा विस्थापित गर्नै हैसियत वन्दैन । नेपालमा प्रेम त हुन्छ । तर, प्रेम दिवस किन हुँदैन भने इतिहासको कुनै कालखण्डमा मागेर बिहे गर्ने प्रचलन थियो । कम उमेरमै बिहे गर्ने पनि चलन चल्यो । त्यसरी बिहे गर्दा मानिसलाई प्रेम दिवस मनाउने फुर्सद पनि नै हुदैनथ्यो ।

हाम्रो सस्कार लेनदेनमा हुकिर्एको छ । आपसी सदभाव र अन्र्तघुलनमा सामाजिकीकरण भएको छ । यही हाम्रो सभ्यता हाम्रा अधिकांश संस्कार भारतसँग मिल्छन् । तर, पश्चिमासंस्कृतिक संग खासै हाम्रो लेदेन हैन । तर पनि हाम्रो प्रेम दिवसलाइ उनीहरुको प्रणय दिवस अर्थात भ्यालेन्टाईन्स डेले खतरामा पारेको छ ।

नेपालमा प्रेम त हुन्छ । तर, प्रेम दिवस भएको इतिहास छैन । कुनै कालखण्डमा मागी बिहे नै हाम्रो संस्कार प्रचलन थियो । कम उमेरमै बिहे गर्ने पनि चलन चल्यो । त्यसरी बिहे गर्दा मानिसलाई प्रेम दिवस मनाउने फुर्सद नै थिएन ।

अहिले प्रेम दिवस मनाउनुको खास तात्पर्य मागी विवाहको ठाउमा प्रेम विवाह झाँगिन थाल्यो । यो पनि पाश्चात्य संस्कृतिको सिकाई नै हो । भ्यालेन्टाइन्स त्यसैमध्येको एउटा कारण हो । तत्व हो । विदेशीको लपेटा वा हावाले हामीलाई भेट्यो । अहिले समग्र युरोपियन पुँजीवादी, अमेरिकन संस्कृति र सभ्यताको प्रभाव हाम्रो मुलुकमा परेको छ ।

हामीले सिकेकोे अंग्रेजी, लोकतन्त्र, पुँजीवादी व्यवस्था अनि उद्योग कलकारखानाको विकास मुलुकको समग्र अर्थतन्त्र पनि उतैको प्रभाव भन्न सकिन्छ ।