चर्चामा गायक सुदन गैरेको म्यूजिक भिडियो (सानी )

फागुन २ काठमाडौं ( नेपाली मुभी, र म्युजिकको क्षेत्र त्यति ठूलो छैन । तर कलाकारिताको यो सानो क्षेत्रमा लाग्ने कलाकारको जमातको सङ्ख्या भने ठूलै छ । कति रहर गरेर आउछ्न त कति करिएर बनाउने सोचका आउछन् । कोही यत्तिकैमा हराईदिन्छन् । कतिपय चाँही जेनतेन टिकिरहन्छ्न । कहिलेकाही प्रतिभा पलाएन भएको कुरा पनि आईरहनछन् । कतिपय आफ्नो सपनालाई मारेर यो क्षेत्रबाट बाहिरन्छन । र उतै हराउछन पनि । देश बाहिर रहेर पनि देशको कला संगीतलाई माया गर्ने श्रोता र कलाकारको सख्या देश बाहिर पनि धेरै छन ।


त्यस्तै सुदन गैरे नेपाली म्युजिक उद्योगमा नयाँ र नौलो नाम पक्कै होइन । बिगत ८ वर्ष देखि अमेरिकामा बसिरहेका यी गायकलाई गीत संगीतमा सानै देखि रुचि थियो । काठमाडौमा फाइन आर्ट कलेज पढ्दा नै उनले आफ्नो सांगितिक जिवन सुरुवात गरेका थिए । यसअघि ३ वटा म्युजिक एल्बम सार्वजनिक गरिसकेका यी गायकले केही वर्ष यता सोलो गीतहरु सार्वजनिक गर्दै आएका छ्न ।

भर्खर भर्र्खर डिजिटल बजारमा सार्वजनिक भएको उनको नयाँ गीत “सानी“ मन पराईदिने दर्शकको भिड पनि ठुलै छ । उनको आफ्नै एकल स्वर र संगीत रहेको यस गीतमा प्रतिमा शर्माको शब्द रचना रहेको छ । आशिष अविरलले संगीत सयोजन गरेका छन् । उत्सव दहालको छायाँकन रहेको यस गीतको संगित भिडियोलाई गम्भीर बिस्टले कोरियोग्राफी गरेका छन् । म्युजिक भिडियो र फिल्ममा चर्चित कलाकार पल शाह र एलिशा राईको मुख्य अभिनय यस भिडियोमा देख्न सकिन्छ । सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा यो गीतको म्युजिक भिडियो तयार भएको हो ।

https://youtu.be/BiUdEtbD9Ls