इरान नेपालद्धारा ३—० ले पराजित

फागुन, १ काठमाडौं —महिला गोल्डकप फुटबल प्रतियोगितामा  इरानलाई ३—० ले पराजित गर्दै नेपालले फाइनल प्रवेश सम्भावना बलियो बनेको छ ।
फिफा बरियतामा आफु भन्दा ४८ औं स्थान माथि रहेको इरानलाई नेपालले ३(० ले पराजित गरेको हो ।  जितसँगै नेपालले ३ खेलमा २ जित र १ हारसँगै ६ अंक जोडेको छ। नेपाल पहिलो खेलमा म्यानमारसँग पराजित भएको थियो। नेपाल फाइनलमा प्रवेश गर्न भारत र म्यानमार बीच हुने खेलको नतिजाको पर्खाइमा रहेको छ ।

तस्वीर— फाइल