‘जनयुद्धले राजनीतिक नेतृत्व लिएकोमा मलाई गर्व छ । ’ बाबुराम भट्टराइ

फागुन, १ काठमाडौ — नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराइले माओवादीले गरेको जनयुद्धमा मान्छे मारिएकोमा क्षमायाचना गरेका छन् ।

जनयुद्ध दिवसका दिन भट्टराइ नगर गोरखाको पालुङटार पुगेका उनले जनयुद्धप्रति गर्व भए पनि मान्छे मारिएकोमा क्षमायाचना मागेका हुन् ।

भट्टराईले भने, ’जनयुद्धको राजनीतिक नेतृत्व लिएकोमा मलाई गर्व छ । कैयौं मान्छेको ज्यान गयो त्यसमा दुस्ख छ। मारिनु नपर्ने साथीहरू मारिनुभयो।  अत्यन्त दुस्ख छ, म क्षमायाचना गर्न चाहन्छु।’