अबोध बालकको ज्यान वचाउन रबिनाले किड्नी वेचिन् तर वालकको अवस्था झन विग्रदै गयो, बच्चा बचाइदिने कोही आए अर्को किड्नी समेत बेच्न तयार भएकी छिन् ।

फागुन १, काठमाडौं — दुख, कष्ट र पिडा अनि रोग भोक र अभाव सबै गरिबकै थाप्लोमा पर्दोरहेछ । पिडाको खात माथी खात अभावको पनि सिमा हुन्छ । तर सीमाले पनि पार गरेको पाईन्छ रबिना बादीलाई । रबिना बादी घरेलु हिंसाको शिकार हुन् ।

श्रीमानले विहे गरेको केही समयभित्रै धोका पाईन् घरेलु हिंसाको शिकार भईन् । श्रीमानसँग एक्लिएर बस्दै गर्दा केही दिन अघि छोराको एक वर्षको जन्मदिन मनाएर खुशी हुदै थिईन । तर त्यो खुसी केही दिन पनि टिक्न सकेन । उनको छोरालाई ब्लड क्यान्सर भएको उपचारमा संलग्न डाक्टरहरुले बताए ।

जन्मेको एक वर्षमै यस्तो समस्या देखिएपछि उनलाई आफ्नो ज्यानको भन्दा पनि वच्चाको भविश्य प्रति सारै दुखीत तुल्यायो । उपचारका लागि प्रयाप्त पैसा जुटाउन उनलाई भारतमा गएर आफ्नो एउटा किड्नी वेच्न वाध्य हुनुपरर्याे ।

आफ्नो शरीरको अंग एउटा किड्नी वेचेर त्यो अबोध वालकको उपचार गर्दा समेत निको हुनुको साटो स्वास्थ्य अबस्था झन विग्रदै गएको छ । अहिले उनी निकै भावुक हुदै बच्चा बचाइदिने कोही आए अर्को किड्नी समेत बेच्न तयार भएकी छिन् ।

उनको यो योगदानले छोराको रोग निको हुनुको साटो झन बल्झीरहेको छ । उनको छोराको स्वास्थ्य झन झन खस्कदै गएको छ । अब छोराको उपचारको लागि एउटा किड्नी बेचिसकेपछि उनीसंग बेच्न बाँकी केही छैन । जीवनमा उनको सहारा भनेकै त्यही एउटा छोरा हो त्यही छोरा पनि बिरामी भएपछि रविनाको अवस्था झन नाजुक भएको छ ।

उनले रुंदै छोरालाई बचाईदिनु भन्दै फेसवुक लाइभ गरिन् । तर केही मिडियाहरुले उनलाई नै नराम्रो आरोप लगाए । त्यो समाचारले उनलाई झन दुखी बनायो । उनले अहिले अन्तिम क्षणमा आफ्नो बच्चा बचाइदिने कोही तयार भएमा आफ्नो अर्को किड्नी समेत बेच्न तयार भएकी छिन् । निकै भावुक भएर आँखावाट आँशु झार्दै रविनाले आफ्नो छोरा बचाउन आफु मर्न पनि तयार भएकी छिन् ।

छोरा यो अवस्था हुँदा आफूलाई नकारात्मक कुरा लेख्नेहरु आलोचना गर्नेलाई केही भन्न नसक्ने बताईन् । पैसा कमाउनकै लागि मेरो इज्जत उछाल्न नहुने भन्दै उनले भावुक हुँदै भनिन्, मैले केही चाहेको होइन यो छोराको लागि बाँच्न मात्र चाहेको हो ।

यो  समाचार सामाग्री लाईट नेपालले रबिना बादीसग गरेको भिडियो कुराकानीमा आधारमा तयार पारिएको हो ।