पशु ढुवानी मापदण्ड लागु गर्न सर्वोच्चको परमादेश

माघ, २९ काठमाडौं —पशु ढुवानी मापदण्ड २०६४ मा भएका व्यवस्था लागु गर्न सरकारको नाममा सर्वोच्च अदालतले परमादेश जारी भएको छ ।

न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले सोमबार पशु ढुवानी मापदण्ड २०६४ लागु गर्न कृषि तथा पशुपन्छी मन्त्रालय लगायतको नाममा परमादेश जारी गरेको हो ।

कानुन व्यवसायी पदमबहादुर श्रेष्ठ र षट्कोण श्रेष्ठले पशु ढुवानी मापदण्ड २०६४ को प्रभावकारी कार्वन्वयन गरी पशुकल्याण सुनिश्चित गर्नुपर्ने भन्दै रीट हालेका थिए।