अख्तियारको छानविन पछि भृकुटीमण्डपका पसल धमाधम बन्द

माघ, २३ काठमाडौ —भृकुटीमण्डप हाताभित्रको फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत गरी अनियमितता गरेको भन्दै अख्तियारको छानविन पछि यतिबेला पसलहरु ध्माधम हटाउन थालिएको छ ।

गत सोमबार पुर्वसमाज कल्याणमन्त्री बद्री न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भयो । विशेष अदालतमा दायर भएको उक्त मुद्दामा उनीहरुविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपियाँ २० पैसा रकम हिनामिना गरेको दाबीसमेत गरेको छ ।

बन्द गराइएको पसलहरुमा खाजा पसलदेखि कफीसप, आइसक्रिम पसल, घोडाचढीलगायत बाल मनोरञ्जनका प्रदर्शनीको १५ वटा सटरहरु रहेका छन् । ती पसलहरु परिषद्का उपनिर्देशक राजराज भट्टराई भृकुटीमण्डप कार्यालय प्रमुख रहँदा दिइएको बताइएको छ । भट्टराईले आफू कार्यालय प्रमुख हुँदा विनाप्रतिस्पर्धा सञ्चालन गर्न दिएको ती पसल आफू अख्तियारको अनुसन्धानमा पर्ने डरले रातारात बन्द गर्न लगाएको बुझिएको छ ।