असई बनाइदिने बहानामा ७० हजार घुस लिने भण्डारी पक्राउ

माघ, २७ काठमाडौँ – नेपाल प्रहरीको असइ बनाइदिन्छु भन्दै घुस लिने तारकेश्वर काभ्रेस्थली–२ का नवराज भण्डारी पक्राउ परेका छन् ।
भण्डारीले धनुषाका उदयकान्त साहलाई प्रहरीको असइ बनाइदिन्छु भन्दै उनीसँग ७० हजार रुपैयाँ घुस लिएका थिए । साहको उजुरीपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार काभ्रेस्थलीबाटै पक्राउ गरेको हो