कनिष्ठलाई बढुवा गरेको भन्दै एसपी उप्रेतीले दिए राजीनामा

माघ, २७ काठमाडौं —प्रहरीको एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतीले पदबाट राजीनामा दिएका छन्।
प्रहरी प्रधानकार्यालयले शनिबार राति १४ एसपीलाई एसएसपी र २६ डिएसपीलाई एसपीमा बढुवाको लागि सिफारिस गरेको थियो।
२०५१ व्याचका उप्रेती एसएसपी बढुवाको लाइनमा भए पनि उनी भन्दा कनिष्ठ समेत बढुवामा परेपछि असन्तुष्ट बनेका थिए। हाल उनी अपराध महाशाखा टेकुमा कार्यरत थिए।