अब अबिबाहित महिलाले पनि भत्ता पाउने

माघ, २७ काठमाडौ —संघीय सरकारद्वरा निर्धा्रित मापदण्डमा नपरेका महिलालाई पनि पनौती नगरपालिकाले लाभग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ ।

यस योजनाअन्तर्गत ३५ वर्ष उमेर पुगेका अविवाहित महिला, सम्बन्धविच्छेद भएका महिला र पति बेपत्ता भएको १५ वर्ष पूरा भएका महिलालाई लाभग्राहीका रुपमा समेटिएको छ ।

संघीय सरकारले अविवाहित र सम्बन्धविच्छेद भएका महिलालाई ६० वर्ष पुगेपछि मात्रै सामाजिक सुरक्षा भत्ता पाउन योग्य मानेको छ तर पनौती नगरपालिकाले अविबाहित महिलालाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याएर लाभग्राही सूचीमा राख्ने भएको हो ।

साभार— नागरिक दैनिक