आठ महिनापछि किम ट्रम्प दोस्रो भेटवार्ता भियतनाममा हुने

माघ, २२ एजेन्सी — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच भियतनाममा भेटवार्ता हुने भएको छ । यही २७(२८ फरवरीमा दुई नेताबीच कुनै बेला अमेरिकाले आक्रमण गरेको देश भियतनाममा भेटवार्ता हुने टुंगो भएको हो ।
दुई नेताबीच पहिलो भेट संगापुरको सेन्टोसा द्वीपस्थित कापेला होटलमा भएको थियो । बार्ताको क्रममा ट्रम्पले किमलाई पूर्ण परमाणु निरस्त्रीकरणका लागि राजी गराएका थिए । परमाणु निसश्त्रीकरणका लागि दुई नेताबीच हस्ताक्षर पनि भयो ।