नेविसंघ विघटनको प्रस्तावलाई लिएर काँग्रेस केन्दिय समितिको बैठकमा फरक-फरक मत

माघ २३, काठमाडौं — नेपाल विद्यार्थी संघको नेतृत्वको विषयलाई लिएर नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिभित्र दुईवटा धार देखिएको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको नेपाली कांग्रेसको केन्द्रीय बैठकमा सो विषयमा दुईवटा धार देखिएको हो ।

एउटा पक्ष नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमिति विघटनको पक्षमा उभिएको छ । अर्काे पक्ष अधिवेसनबाटै नेतृत्व चयन गर्ने ।

केन्द्रीय बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवाले नेविसंघको बारेमा उठाएको प्रस्तावमा उपसभापति निधीले विघटनको कुरा उठाए भने नेता कृष्ण सिटौलाले अधिवेशनबाटै नेतृत्व चयन गर्नुपर्ने मत राखे ।

तर, सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भने नेविसंघ विघटनको पक्षमा उभिएका छन् ।

कानुनीसंगतसँगै राजनीतिक रुपमा पनि वर्तमान कार्यसमितिको औचित्य सकिएको भन्दै उनीहरु वर्तमान कार्यसमिति भंग गरेर तदर्थ समिति बनाउन पक्षमा उभिएका हुन् ।

तर, नेता कृष्ण सिटौला यसको विरोधमा उभिए । उनले अरु भ्रातृ संगठनको अधिवेशन नईरहदा नेविसंघको म्याद सकिदैमा भंग गर्न नहुने बताए ।