‘ निर्मला  प्रकरणमा अनुसन्धान जारी छ ’ — गृहमन्त्री थापा

माघ,२३ काठमाडौ —गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणको अनुसन्धान जारी रहेको बताएका छन् । संसदमा बोल्दै उनले यस काण्डमा अनुसन्धान जारी रहेको र सरकार गम्भीर रहेको बताएका छन् ।
कांग्रेस सांसद डिला संग्रौलाको प्रश्नमा संसदमा जवाफ दिने क्रममा उनले सम्बन्धित निकायहरु अनुसन्धानमा लागेका बताएका छन् । ‘प्रहरीहरुलाई लापरवाहीका निम्ति कारवाही गरिसकेको छ। आवश्यक अनुसन्धान जारी छ । ’