आन्दोलनका लागि सम्पुर्ण सरकारी चिकित्सकलाई काठमाडौ आउन चिकित्सक संघको पत्रचार

तस्वीर— फाइलमाघ, २३ काठमाडौ — देशभरको सबै सरकारी चिकित्सकहरुलाई काठमाडौँ आउन सरकारी चिकित्सक संघले पत्रचार गरेको छ ।
चिकित्सकसंग सहमति बिपरीत सरकार गएको र सरकारलाई दवाब दिन, आन्दोलन गर्नको लागि सम्पुर्ण चिकित्सकलाई काठमाडौँ बोलाइएको अपिल पत्रमा उल्लेख गरिएको छ ।

सरकारी चिकित्सक संघ नेपालका अध्यक्ष डाक्टर दिपेन्द्र पाण्डेद्धारा हस्ताक्षर पत्रमा सरकारी चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीच भएको सहमति कार्यान्वयन नभएको खण्डमा देशको स्वास्थ्य क्षेत्रमा ठूलो समस्या आउने संघले चेतावनी दिएको छ ।