पूर्व मन्त्री न्यौपाने सहित समाज कल्याण परिषदका १४ पदाधिकारी विरुद्ध विशेष अदालतमा मुद्धा दायर

माघ२२, काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री बद्रीप्रसाद न्यौपाने सहित समाज कल्याण परिषद १४ जना पदाधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

समाज कल्याण परिषदको भृकुटीमण्डपस्थित फनपार्क मेला रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा ३१ करोड रुपियाँ बराबरको भ्रष्टाचार भएको ठहर भन्दैै अख्तियारले पूर्व मन्त्री बद्रीप्रसाद न्यौपाने सहित परिषद पदाधिकारीलाई मुद्धा दाय गरेको हो ।

तत्कालिन मन्त्री न्यौपाने र भ्रष्टाचारमा संलग्न मुख्य आरोपीलाई विगो वमोजिम जरिबाना र दश बर्षसम्म जेल सजायको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

तत्कालिन समयमा समाजकल्याण परिषदका अध्यक्षसमेत रहेका मन्त्री न्यौपाने, परिषद्का उपाध्यक्ष प्रमोद महेता, कोषाध्यक्ष कुञ्ज विहारी, सदस्यहरू रविन्द्रकुमार यादव, मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, हरि न्यौपाने, कुमार यादव, फर्न पार्क सञ्चालक रविन्द्र गुरुङ र भृकुटीमण्डप मेला सञ्चालक टेकबहादुर गुरुङसहित आठ जनालाई  सार्वजनिक खरिद ऐन र मापदण्डविपरीत भाडा लगाएर आपसी मिलेमतोमा सार्वजनिक सम्पत्तिको हानीनोक्सानी भएको निश्कर्ष निकालदै भ्रष्टाचार बापतको ३१ करोड ५२ लाख १७ हजार ६ सय रूपियाँ विगो दावी गरिएको छ ।