गण्डकी प्रदेशले गर्यो सांसद सुबिधाका लागि साढे ४ करोड खर्च

 

माघ, २२ काठमाडौ— प्रदेश ४ गण्डकी प्रदेशले ांसद सुबिधाका लागि मात्र एक बर्षमा साढे ४ करोड खर्च गरेको छ । पुस मसान्तसम्ममा सांसदहरुको पारिश्रमिकबापत अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा एक करोड ३२ लाख २६ हजार आठ सय ५६ रुपैयाँ र चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा एक करोड ५९ लाख ३९ हजार रुपैयाँ प्रदेशसभाले भुक्तानी दिएको प्रदेश सभाको सचिवालयले बताएको छ ।

गत वर्ष माघ ७ गते सपथ लिएका सांसदहरुले हालसम्म पारिश्रमिक, बैठक भत्ता र अन्य सुविधा शीर्षकमा चार करोड ४८ लाख ९८ हजार आठ सय ४१ रुपैयाँ खर्च भएको हो।

चारवटै विषयगत समितिको बैठकमा सहभागी प्रदेशसभा सदस्यहरुल प्रति बैठक एक हजार पाँच सय रुपैयाँ पाउने गर्दछन् । साभार नागरिक दैनिक