इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र वेष्टहृयाम बराबरी

माघ२२, काठमाडौं — इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको लिभरपुल वेष्टहृयामसँग बराबरीमा रोकिएको छ ।

सोमबार राति भएको खेलमा वेष्टहृयामसँग लिभरपुलले १—१ गोलको बराबरी पुगेका हुन् ।  लिभरपुलले दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीसँगको फराकिलो अन्तर बनाउने अवसर पनि गुमाएको छ ।

खेलको २२औं मिनेटमा नै लिभरपुलले गोल गरेको थियो । तर २८औं मिनेटमा वेष्टहृयामले पनि गोल गर्यो ।

पहिलो हाफमा दुबै टिमले बराबरी गोल गरेपछि दोस्रो हाफमा एकपछि अर्को आक्रमक खेल भएपनि लिभरपुलले गोल गर्न सकेन ।

बराबरी खेलबाट शीर्ष स्थानमा पुगेको लिभरपुलले २५ खेलबाट ६२ अंक बनाएको छ । वेष्टहृयामले समान खेलबाट ३२ अंक बनाएको छ । लिगको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको भने समान खेलबाट ५९ अंक भएको छ ।