भेनेजुएलाका विपक्षी नेता जुवान गुआइडोलाई अन्तरिम राष्ट्रपतिको मान्यता : युरोपेली गठबन्धन

माघ२२, काठमाडौं — भेनेजुएलाका विपक्षी नेता जुवान गुआइडोले अन्तरिम राष्ट्रपतिका रूपमा औपचारिक मान्यता पाएका छन् ।

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले राष्ट्रपतिको नयाँ निर्वाचनको मिति तोक्न नसकेपछि बेलायत, फ्रान्स, जर्मनी, स्पेन र अन्य युरोपेली राष्ट्रले भेनेजुएलाका विपक्षी नेता जुवान गुआइडोलाई अन्तिरिम राष्ट्रपतिको  मान्यता दिएका हन् ।

राष्ट्रपतिको नयाँ निर्वाचन मिति तोक्न युरोपेली राष्ट्रहरुले मादुरोलाई आइतबारसम्मको म्याद दिएका थिए । राष्ट्रपति मादुरोले युरोपेली संघको आग्रहलाई अस्वीकार गर्दै संसदीय निर्वाचन गर्न सकिने बताएका थिए ।  त्यस युरोपेली मुलुकहरुले विपक्षी नेता गुआइडोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएको बिबिसीले जनाएको छ ।

‘युरोपेली गठबन्धन राष्ट्रसहित बेलायत पनि गुआइडोलाई विश्वसनीय निर्वाचन नसक्दा सम्मका लागि गुआइडोलाई भेनेजुएलाको अन्तरिम संवैधानिक राष्ट्रपतिको मान्यता दिएको छ, बेलायती विदेशमन्त्री जेरेमी हन्टले ट्विट गरेका छन् ।

अमेरिकी बाटोमा हिडेका विपक्षी नेता गुआइडोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको मान्यता दिने युरोपेली संघमा आबद्ध राष्ट्रको घोषणालाई रुसले विरोध जनाएको छ । रुस राष्ट्रपति मादुरोको समर्थनमा रहेको छ ।

यसैबीच राष्ट्रपति पदबाट राजीनामा दिन राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय दबाव बढिरहेको बेला सम्भावित गृहयुद्ध हुन नदिन आफूले राजीनामा नदिने राष्ट्रपति मादुरोले प्रष्ट पारेका छन् ।